आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव नेपालमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप आज देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार, कोशी र बागमती प्रदेशमा सामान्यतया बदली देखिएको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। यसबीच कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। त्यस्तै, बाँकी भूभागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा वर्षा हुने सम्भावना छ। बाँकी भूभागमा आंशिक बदली रहने तथा अन्यत्र थोरै स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।