सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

जेन्जी पुस्तालाई कसैले हतियार गराएछन्,
बुझ्नैपर्छ यो सत्तामा पुग्ने आधार गराएछन्।
हेर जेल तोडे र फरार भएका कैदी अपराधी,
हिनामिना आगलगि र कैदी फरार गराएछन्।
फाइदा कसले उठायो आन्दोलनबाट जेन्जी,
साम्राज्यवादीलाई देशको हकदार गराएछन्।
निर्दलिय व्यवस्था भोगने बा बाजेलाई सोधौं,
जसले जन्माए र जेन्जीको औतार गराएछन्।
उनैको रगत पसिनाले सिंचेको बञ्जर भूमि,
ज जसले तिमिलाई समेत उपहार गराएछन्।
उनैका छोरा नाती दुश्मनको भाउतामा लागी,
देशभित्र आगोको भेट सिहं दरबार गराएछन्।

CP Hospital Dhangadhi

॥१॥

खेलाडी कोही खेल कसैको खास भयो कसैलाई,
घर पोलियो र जान्यान गयो तमास भयो कसैलाई।
दुश्मनहरू निर्दोशको सिकार गर्दा ढुकेका हजारौँ,
कसैको हात लगाम सत्ताको आस भयो कसैलाई।
मिन बिनाको दाईँ छ भर नपरौँ अनुसाशनको सधैँ,
केही आसमा भएपनि त वाइपास भयो कसैलाई।
गर्छौ पाप धर्मकै कुरा लगाई आगो अर्कैको घरमा,
खै कसैको छानो तर धर्ती आकास भयो कसैलाई।
हामि धेरै मरेर स्वर्ग जाने आसमा छिया छिया छौँ,
हाम्रै यो पसिना रगत स्वर्गको बास भयो कसैलाई।
सबै गर्छ तर भ्रममा पर्छ आफ्नै छायाँसँग मान्छी,
कसैको दया र मायाँपनि सत्यनाश भयो कसैलाई।

nawajiwan

॥२॥

सुकेको छैन सडकमा रगत अँझै आलो छ,
नफालौँ आ-आफ्नो इज्जत अँझै आलो छ।
उठायो फेरी भ्रष्टाचारीले सिर कुना कुना बाटै
गोलीकै घाउ सुकेकै छैन खत अँझै आलो छ।
परिवार र आफ्नतीको हृदयमा घाउ छ आलै,
सबैको मन्भित्र हुँदै छ भत्भत अँझै आलो छ।
उड्नसक्छ फेरीपनि आंधी तुफान उस्तै यहाँ,
नगर हलचल यहाँ सत्प्रतिसत अँझै आलो छ।
हेर जलेका छन् घर दनदन् छ लावा छातिमा,
मेलमिलापकै छ यहाँ जरूरत अँझै आलो छ।
Attariya Hospital
देश जलेको वेला हृदयभित्र वाण चलेकै वेला,
नदेखाए हुन्छ आफ्नो कुनै मत अँझै आलो छ।
॥३॥
सितल हवाले छुँदा आभास हुन्छ मेरो देशको,
मन्भित्र त्यो हिमालय खास हुन्छ मेरो देशको।
जता गएपनि नक्शा बसेको छ यिनै आँखामा,
रत सधैभरी यो हृदयनै पास हुन्छ मेरो देशको।
जहिलेपनि सिखरमै पुगेका हुन्छन् दलालहरू,
त्यसैले त संसारमा उपहास हुन्छ मेरो देशको।
आफ्नै दुश्मन् छ अब कसैसँग के गुनासो गरौँ,
कसरी यो पालोमा निकास हुन्छ मेरो देशको।
सोझा छन् जनता विर छन् लडाकु छ रगत नै,
नेता छन् लोभी र त तमास हुन्छ मेरो देशमा।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Advertize US