भीमदत्तका वडाध्यक्ष कुँवरले नौ वर्षदेखि ज्येष्ठ र बेसहारा नागरिकलाई आफ्नो भत्ता वितरण

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवरले नौ वर्षदेखि निरन्तर आफ्नै भत्ता रकम ज्येष्ठ र असहाय नागरिकलाई वितरण गर्दै आएका छन्। पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा निर्वाचित भएका कुँवरले २०७४ सालदेखि हालसम्म राज्यबाट पाउने भत्ता रकम दसैँ–तिहारअघि वडावासीलाई दामासाही हिसाबले बाँड्ने परम्परा कायम राखेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

उनले सोमबार पनि यस वर्षको भत्ता वितरण गरेका छन्। कुँवरले जनतासँग गरेको वाचाअनुसार हरेक महिना पाउने २२ हजार ४७० रुपैयाँ पूर्ण रूपमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई सहयोगस्वरूप दिँदै आएका छन्। अहिलेसम्म उनले झन्डै २५ लाखभन्दा बढी रकम वितरण गरिसकेका छन्। प्रत्येक वर्ष एक सय ५० देखि १७० जनाले उनको सहयोग प्राप्त गर्ने गरेका छन्।

स्थानीय लक्ष्मीदेवी विश्वकर्माले वडाध्यक्षको यो कदमले जनप्रतिनिधि जनताकै सेवामा समर्पित हुने उदाहरण देखाएको भन्दै खुशी व्यक्त गरिन्। उनका अनुसार दलित अधिकारका लागि आवाज उठाउनेहरूले पनि केही नगरेको अवस्थामा वडाध्यक्षले प्रत्यक्ष दसैँ खर्च उपलब्ध गराउनु सराहनीय कदम हो।