डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी अध्यक्ष पदबाट राजीनामा

Image
Nisarga Hospital

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले औपचारिक रूपमा राजीनामा घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

भट्टराईले आफ्नो राजनीतिक यात्रामा नयाँ मोड आवश्यक भएको बताउँदै पद त्यागेको पार्टी स्रोतले जनाएको छ। उनको राजीनामापछि पार्टीभित्र नयाँ नेतृत्व चयन र आगामी रणनीति तय गर्नेबारे छलफल सुरु हुने भएको छ।

Attariya Hospital

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको यो निर्णयले पार्टीको भविष्यप्रति व्यापक चासो उत्पन्न गरेको छ। अब पार्टीले आन्तरिक रूपमा नेतृत्व व्यवस्थापन र राजनीतिक बाटो स्पष्ट गर्नुपर्ने दबाब बढेको देखिएको छ।

nawajiwan