
जुकाहरु थाले सल्बलाउन चुस्न नपाएर रगत
समयमै रोक्नु नुन छर्दै जनताको देखाएर तागत।

हप्ता दिन भाछैन हल्लाउन थाले शिर निस्की दुलोबाट
बर्बराउन थाले बोली भाषा आतंकको हँसाएर जगत ।
सार्दै छन् रे भ्रष्ट त्रीमुर्ती आ-आफ्नो मान्दै भगवान
भइसके आफ्ना पराइ थाहा छैन क्यार्नु रमाएर फगत ।




अति भयो कति चुस्छौ जन रगत, छाड सल्बलाउन
जागे जनता गर्लान फेरि भएको नि समाएर जफत ।
आउ युवा पुस्ता अघि बढ जन-चाहना तिम्रो शासन
निर्माण गर सुन्दर भविष्य भ्रष्टसँग छुटाएर संगत ।
भाइरल भइन्छ
संविधान पढेर होइन
यिनिहरुको चर्तिकला हेरेर
स्वतन्त्रताको परिभाषा सिक्दैछु।
जति आफुलाई लयमा ल्याउँदैछु
त्यति यिनिहरुको टिक्डम देख्दैछु।
नचाहिने कुरामा आफुलाई तेर्साएर
खुबै ठूलो हु भन्ने महसुस हुँदो रहेछ।
जति अभद्र, अपाच्य, असभ्य काम गर्यो
भाइरल त्यति हुन्छ भन्ने लाग्दो रहेछ।
स्वतन्त्रताले तिम्रो यो पनि भन्छ होला
किन लगाउनु र हो महङ्गा कपडा
हिडे त नाङ्गै पक्कै भाइरल भइन्छ होला।
✍️ जि. आर. पौडेल
शिक्षक, हिल प्वाइन्ट माध्यमिक विद्यालय पोखरा

































