कबिता ः- मन रोएको छ

Image
Nisarga Hospital

आन्दोलमा गोली प्रहार गर्दा सबको मन रोएको
बिहान पख ब्युँझि हेर्दा सडक रगतले धोएको।

CP Hospital Dhangadhi

कलमले खिया पखालेर लेख्ने बेला आएको छ
काठमान्डौ ले कालापानी देखने बेला आएको छ।

आन्दोनलमा अगी लाग्ने हामी सोझा सिधा
गोली खाई घाइते हुने हामी मध्ये आधा।

nawajiwan

यो देशमा कसैको वचन परेको छ
यस्तो लाग्छ देश माथि चोर परेको छ।

Attariya Hospital

देश बेच्नेको छातीमा गोली हुनुपर्छ
नारा जुलुसको खबरदार गर्नुपर्छ।

देशको विकास गर्छु भनी भाषण गर्छन् नेता
नेपाली आमा रोका छन् हाम्रो देशमा कता कता।

भाषण छन् ठूलाठूला मीठा मीठा कुरा
मुखमा राम राम बगलीमा मा छुरा।

✍️रश्मी धामी