कविताः- पैसा – सत्य, मोह, र भ्रमको कथा

Image
Nisarga Hospital

कसैले भन्छ –

CP Hospital Dhangadhi

पैसाले सबैथोक किन्न सकिन्छ। रोटी, लुगा, बंगला, गाडी, यहाँसम्म कि मान्छेको साथ पनि !

तर…

nawajiwan

पैसाले भोक त मेट्न सक्छ, तर भोकको पीडा बुझ्न सक्दैन। पैसाले ओछ्यान किनेर दिन सक्छ, तर निन्द्रा किन्न सक्दैन।

पैसाले औषधि किनिदिन सक्छ, तर साँचो स्वास्थ्य दिन सक्दैन। पैसाले कसैलाई नजिक ल्याउन सक्छ, तर साँचो माया दिलाउन सक्दैन।

Attariya Hospital

पैसा जरुरी हो, तर त्यो जीवन होइन। पैसा बिना जीवन अधुरो हुन्छ, तर पैसा मात्रै जीवन होइन।

धेरै धनीहरू, लाखौं कमाउनेहरू एकान्तमा रुन्छन्, कसैसँग साँचो कुरा गर्ने मान्छे खोज्छन्।

साँचो सम्पत्ति भनेको – कसैले दिएको न्यानो अँगालो हो, साँचो मायाको मुस्कान हो, र आत्मा शान्त रहने खुसी हो।

“पैसा सबैथोक हैन,
तर सबैथोकका पछि नलाग्दा पाइने शान्ति-
त्यो सायद सबैथोक हो।

✍️ योगेन्द्र सिंह धामी
श्री महेन्द्र माध्यमिक बिध्यालय माहाकाली -4 खलङ्गा दार्चुला
पढाई सिविल इंजीनियरिंग

Advertize US