नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ प्रतिनिधिहरूले विशेष महाधिवेशन अस्वीकार गर्दै प्रेस बिज्ञप्ती

Image

अत्तरियाः नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा हालै चलाईएको विशेष महाधिवेशन आह्वान अभियानको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा प्रतिनिधिहरूले भनेका छन् कि पार्टीका केन्द्रीय महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माद्वारा बिशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षर संकलन अभियान चलाईएकोमा, प्रतिनिधिहरूलाई “बिशेष होइन, नियमित महाधिवेशन” भनेर झुक्याएर हस्ताक्षर गराइएको छ। यसप्रति उनीहरूले गम्भीर आपत्ती र असहमति प्रकट गरेका छन्।

nawajiwan

विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रतिनिधिहरू यज्ञ बहादुर महरा, ईश्वरी रावल र बिदेशनी चौधरीले स्पष्ट पारेका छन् कि उनीहरू विशेष महाधिवेशनको पक्षमा नरहेको र पार्टीको आन्तरिक नियम अनुसार मात्र नियमित अधिवेशनको समर्थन गर्ने उल्लेख गरेका छन्।

Attariya Hospital

यो कदमले कांग्रेसभित्रको आन्तरिक प्रक्रियामा पारदर्शिता कायम राख्ने र प्रतिनिधिहरूको स्वतन्त्र निर्णयलाई सम्मान गर्ने दिशामा महत्त्वपूर्ण संकेत दिएको विश्लेषकहरूले टिप्पणी गरेका छन्।

मिति २०८२-०६-२६ को विज्ञप्तिले पार्टीभित्रको विवादित महाधिवेशन मुद्दामा क्षेत्र नं. ४ का प्रतिनिधिहरूको स्पष्ट दृष्टिकोण सार्वजनिक गरेको छ।