कैलालीमा आपसी विवादमा युवकको वि’भ’त्स ह’त्या, टाउको बोकेर अभियुक्त पुगे प्रहरी कार्यालय 😔🔪

Image
Nisarga Hospital

कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति आपसी विवादमा २८ वर्षीय केशरसिंह बुढाको विभत्स हत्या भएको छ। प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गर्दै छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्या गर्न संलग्न दुई जनाले राति नै आत्मसमर्पण गरेका छन्। १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए। प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए। सो क्रममा विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेका हुन्।

nawajiwan
Attariya Hospital

सुर्खेतबाट मृतकका आफन्त घटनास्थलतर्फ आउँदै छन्। हालसम्म शव घटनास्थलबाट उठाइएको छैन। प्रहरीले थप अनुसन्धान जारी राख्दै, अन्य सम्बन्धित पक्षहरूलाई नियन्त्रणमा लिने तयारी गरिरहेको छ।

स्थानीय समुदायमा पनि घटनाप्रति चासो बढेको छ र सुरक्षाको व्यवस्था कडा गरिएको छ।