नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध ब्याटिङ रोज्यो, यस्ता छन प्लेईङ ११ खेलाडी

Image
Nisarga Hospital

आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कप्तान रोहित कुमार पौडेलले टस जितेर यूएईलाई बलिङको निम्तो दिएका हुन्।

CP Hospital Dhangadhi

नेपालले जापानविरुद्धको खेलमा जित हात पारेको र सुपर सिक्समा दुई अंक बटुलिसकेको छ। आजको खेलमा नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरेको छ। टस जितेर ब्याटिङ रोजेपछि नेपालले जित निकाल्दै सुपर सिक्समा सफल सुरुवात गर्ने योजना बनाएको छ।

Attariya Hospital

नेपालको प्लेइङ–११ यस प्रकार छ: कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र एस ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित नरायण राजवंशी।

nawajiwan

सुपर सिक्सको पहिलो खेलमा नेपालले बलियो प्रदर्शन गर्दै फ्यान र समर्थकको मन जित्ने लक्ष्य राखेको छ।

Advertize US