अन्तरिम मन्त्रिपरिषद् विस्तार तयारी, यी नयाँ अनुहारहरु मन्त्री बन्दै

Image
Nisarga Hospital

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप पाँच नयाँ मन्त्री समावेश गर्ने तयारी भएको छ। उच्च स्रोतका अनुसार मोहना अन्सारी, महावीर पुन, जगदीश खरेल, अनिल सिन्हा र सङ्गीता कौशल मिश्रालाई मन्त्री बनाउने विषय लगभग टुंगो लागेको बताइएको छ।

CP Hospital Dhangadhi

अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य हुन् भने पुन आविष्कार केन्द्रका अध्यक्ष हुन्। खरेल सञ्चार क्षेत्रका वरिष्ठ पत्रकार, सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश र मिश्राले हालै स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी हुन्।

Attariya Hospital

हाल अन्तरिम सरकारमा प्रधानमन्त्रीसहित केवल चार मन्त्री मात्र छन्। रामेश्वर खनालले अर्थ मन्त्रालय, कुलमान घिसिङले ऊर्जा र पूर्वाधार, तथा ओमप्रकाश अर्यालले गृह र कानुनको जिम्मेवारी सम्हालिरहेका छन्। बाँकी मन्त्रालय भने प्रधानमन्त्रीकै मातहतमा छन्।

nawajiwan

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्‌को संख्या ११ भन्दा बढी नहुने बताएकी छिन्। सम्भावना छ कि पुनलाई शिक्षा, खरेललाई सञ्चार, सिन्हालाई उद्योग तथा मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइनेछ।