देशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको अधिकांश भूभागमा मौसम सामान्य तथा सफा रहनेछ भने पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिक बदली रहने र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ। तर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

Attariya Hospital

महाशाखाका अनुसार आज राति देशभर आकाश खुला रहनेछ र कुनै विशेष मौसमी गतिविधि नदेखिने सम्भावना छ। यस क्रममा हावा, तापक्रम र दृश्यता सामान्य अवस्थामा रहने अनुमान गरिएको छ।

nawajiwan