सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बोलाइएको १० दलको बैठकमा ६ दल मात्र उपस्थित भएका छन्।
बैठकमा सहभागी दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी नेपाल रहेका छन्।


सभामुख घिमिरेले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना माग गर्दै दायर रिटपछि राजनीतिक दलहरूको धारणा बुझ्न बैठक बोलाएका हुन्।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र एकीकृत समाजवादीका प्रमुख सचेतकहरूले छलफलमा भाग लिएका छन्। साथै, घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक पनि आयोजना गर्ने तयारी गरिरहेका छन्।