टी-२० विश्वकपका लागि नेपाल नजिक , आज ओमानसँग निर्णायक भिडन्त

Image
Nisarga Hospital

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज ओमानसँग’निर्णायक खेल’ खेल्दैछ। सुपर सिक्समा नेपालले यसअघि यूएईलाई १ रन र कतारलाई ५ रनले पराजित गरेको थियो।

CP Hospital Dhangadhi

आज राति ८ः४५ बजे सुरु हुने यो खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। यदि नेपालले ओमानलाई पराजित गर्न सफल भयो भने उसले सिधै ‘२०२६ को टी-२० विश्वकपमा स्थान सुरक्षित’ गर्नेछ।

सुपर सिक्समा नेपाल, ओमान, यूएई, जापान, कतार र सामाओ प्रतिस्पर्धी छन्। शीर्ष तीन टिमले भारत र श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउने छन्।

nawajiwan
Attariya Hospital

हाल तालिकामा ओमान र नेपाल दुवैको ६–६ अंक छ, तर रनरेटको आधारमा ओमान अग्रस्थानमा र नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालले अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।

नेपाली क्रिकेट प्रेमीहरू आजको खेलमा ऐतिहासिक जितको आशामा उत्साहित छन्। 🏏🇳🇵