आसिफ र दीपेन्द्रको अर्धशतकले नेपालले सामोआलाई २१२ रनको लक्ष्य दियो

Image
Nisarga Hospital

आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको शानदार अर्धशतकको बलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ। शुक्रबार अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईएपी छनोटको सुपर सिक्स अन्तर्गत अन्तिम खेलमा २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन जोड्यो।

CP Hospital Dhangadhi

नेपालका लागि आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको दमदार पारी खेले भने दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको अर्धशतक पूरा गरे।

Attariya Hospital

त्यस्तै लोकेश बमले आक्रामक ३९ रन जोडे भने कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए।

nawajiwan

सामोआका बलरहरू डेनियल बुर्ग्स, सामुनी ताइ, दारिस भिसुर्स र नोह मेडले एक–एक विकेट लिए।
नेपालले आजको खेल जित्दै छनोट प्रतियोगिताको ट्रफी जित्ने लक्ष्य लिएको छ।