मोन्था चक्रवातको प्रभाव कम हुँदै, नेपालमा आज मौसम आंशिक बदली रहने

Image
CP Hospital Dhangadhi

बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ वरिपरि न्यूनचापीय प्रणालीमा परिणत भएसँगै नेपालमा यसको प्रभाव गएरातिबाट घट्न सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको अनुसार, पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीले पनि आंशिक रूपमा नेपालमा प्रभाव पारिरहेको छ।

देशका अधिकांश भूभागमा बदली छ। कोशी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

nawajiwan
Attariya Hospital

दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहने छ भने अन्य प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानमा र मधेस, बागमती तथा गण्डकीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राति कोशी र मधेस प्रदेश सामान्यतया बदली रहनेछ, बाँकी प्रदेशमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना छ।

यसरी “मोन्था” चक्रवातको प्रभाव नेपालमा क्रमिक रूपमा कम हुँदै गएको मौसम विभागले जनाएको छ।