ठगी खाने भाँडो

Image
Nisarga Hospital

गफाडीका अड्डा सबतिर खुले मानिस झुले
अझै खुल्दै जान्छन् किनकि ठगका भाग्य छ ठुलै
ठगी खाने भाँडो परिचय भयो शासन जहाँ
गरी खाने मान्छे नित पछि परे यो मुलुकमा (१)

CP Hospital Dhangadhi

कमाएको सप्पै मिलिजुली निली ठिक्क छ जहाँ
हुने खाने मान्छे सब पर गए दिक्क छ यहाँ
न ता दिन्छन् गर्नै न त पहल क्यै गर्दछ जहाँ
गरी खाने मान्छे नित पछि परे यो मुलुकमा (२)

रूँदा छन् धेरै ती विचलित भई बस्नु कसरी
हुँदा खाने मान्छे सब पिडित छन् बाँच्नु कसरी
जता हे-यो उस्तै अमुक दलको बास छ जहाँ
गरी खाने मान्छे नित पछि परे यो मुलुकमा (३)

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कमाए केहीले वरपर घुमी मालिक जहाँ
पुगे खाडी लाखौँ अवसर नभै यो मुलुकमा
अनेकौँ किल्लीले छलकपट भो शासन जहाँ
गरी खाने मान्छे नित पछि परे यो मुलुकमा (४)

हटाऔँ सारा यी ठग मुलुकका निष्ठुर बनी
बनाऔँ आफैंले अब मुलुक यो स्वर्ग नगरी
उठौं ढिक्का बन्दै मत अब दिऔं योग्य जनमा
गरी खाने मान्छे नित पछि परे यो मुलुकमा (५)

✍️ प्रा. डा. मनप्रसाद वाग्ले
काठमाडौँ विश्वविद्यालय

Dhnagadhi & Krishanapur