सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

हुन त सबैका सपनाहरू उस्तै खास हुनसक्छ,
कसैका पास हुन्छन् त कसैका नास हुनसक्छ।
मित्र यो मिनिसको आफ्नै खालको जिन्दगी हो,
कसैलाई स्वतन्त्र हुनेरहर केही दाश हुनसक्छ।
आमा हजुरले छोडेर गएपछि त एक्लै भएको हु,
हजुरले दिएको जिन्दगी पनि उपहास हुनसक्छ।
हजुर मरेर पनि जीवित हुनुहुन्छ यिनै आँखामा,
यो सरिर हजुर बिनाको जिउँदै लाश हुनसक्छ।
मलाई थाहा छ कुनै जुनि हुँदैन त्यो हाम्रो भ्रम हो,
मात्र मानव मन मष्तिकमै भ्रमको बास हुनसक्छ।
स्वार्थका लागि दाई भाइमा फुट कसले सम्झाउँने
कसैको फाइदा छैन फुटमा सधैँ तमास हुनसक्छ।

CP Hospital Dhangadhi

॥१॥

लेख्ने रहर लाग्दो रहिछ नजानेर के भयो,
छचल्किन्छन् शब्द मनलाई बानेर के भयो।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
श्रमजीवि हरूका कथा लेख्ने मानिस हामि
स्वतन्त्र गजल हो यो तिमि नमानेर के भयो।
श्रमजीवि जनताहरू भोगेका पिडाहरू हुन्,
भोगिन ज जस्ले सही उस्ले नठानेर के भयो।
ढल्छ एकदिन बुजुर्वा किल्ला मक्कि सकेछ,
मर्णसन् कुसंस्कार लाई तिमि धानेर के भयो।
चाहिंदैन हतियार दिएकैत छ पिडा कुरितीले,
चिब्रोमै हुनेरैहिछ धार घनले न हानेर केभयो।
पाइलै पछि भेट्टिन्छन् अवसरबाद समाजमा,
घरीघरी उनैलाई जनताहरूले छानेर केभयो।
॥२॥

माफ गर मर्नु भन्दा पहिले मलाई मर्नु छैन,
जीवनमा ठोक्कर खाएर न अघाई मर्नु छैन।
हो म बन्न सक्छु आफै पनि जटिल समस्या,
तँ कालकै समेत कठालो न समाई मर्नु छैन।
जस्ले जन्मदातालाई पनि जलाएर फर्कियो,
हो अब उस्लाई त्यो कालसँग डराई मर्नु छैन।
आमाको काखमा खेल्ने उमेरमै मज्दुर भएं,
सुख सुविधाका लागी दुष्ट फकाई मर्नुछैन।
हाम्रो समाजमा धर्म गर्नेहरूले दिन्छन् बली,
यो पाप धर्मकै परिभाषा न संझाई मर्नु छैन।
लाग्छ यो हाम्रो जिन्दगी शङ्घर्षकै लागि हो,
अब समाजको दुश्मनलाई नतर्साई मर्नु छैन।

॥३॥

पेटभरी दालभात खादाँँ न अघाए कस्को के लाग्छ,
बुढा बाआमाको रगत पिएर रमाए कस्को केलाग्छ।
मलाई सोध कसैले त म केखाई जिएको थिएंहोला,
त्योवेला जस्तै दुःखकै उपाधी पाए कस्को केलाग्छ।
भन्नेहरूले भन्छन् किन सुद्ध लेख्न सक्दैनौँ तिमिले,
मन मर्जि जसले जे आरोप लगाए कस्को केलाग्छ।
आमाको काखमा खेल्ने उमेरमा बाल मजदुर हुदा,
खेलौना बानाई जसले जहाँ पठाए कस्को केलाग्छ।
कसैले भन्छन् खेल भाग्यको तक्दिरलाई दोश दिंदै,
त्यही आडमा जस्ले गरे नि अन्याए कस्को केलाग्छ।
आफ्नै लागि बाचनु के जीवन अर्कैको अमानत हो,
गलतीमा औलादको भविश्य खाए कस्को केलाग्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur