कसरी राजनीतिले नेपालमा समाजको परीवर्तनलाई अवरुद्ध गर्यो?

Image
Nisarga Hospital

समाजको बिकासमा समता (इव्किटी) र निशेधात्मक स्थिरता (रिग्रेशिभ स्ट्याटस को) का बिचमा अनतर्बिरोध धनिभुत रहन्छ। खासगरी सामाजिक संरचनाको उदविकास भैरहेको समाज, यो अंतर्विरोध तिब्र र गहिरो हुन्छ। तर जुन समाजमा निशेधात्मक स्थिरताले अंतर्विरोधमा समताको मान्यतालाई दमन गर्छ, त्यो समाजको परीवर्तन कुन्ठित हुन्छ। बामपंथी समाजवादीहरुको राजनीतिमाबाहुल्यता हुंदा हुँदै पनि, नेपाली समाज निरन्तर “समताको विरुद्धमा निशेधात्मक स्थिरताको प्रभुत्व भएको समाज हो।” कसरी राजनीतिले नेपालमा समाजको परीवर्तनलाई निर्देश गर्ने त परै जाओस, अवरुद्ध गर्यो?

CP Hospital Dhangadhi

१. राणाशाहीले राजतन्त्रलाई पिजंरामा हाल्यो, र शिक्षा र उद्धममाथी निशेध गर्यो। त्यो समय विस्वमा आधुनिक बिकास र औधोगिक उन्नयनको युग थियो। राणाशाहीले राजतन्त्रलाई कम्जोर बनाएर राणा पारीवारीक शासन स्थापित गर्नुलाइ नै परीवर्तन ठान्यो। यथार्थमा यो “परीवर्तनलाई निशेध गर्ने निशेधात्मक स्थिरताको संरक्षण थियो, राणाशाहिको हितमा।”

२. २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा राणाशाहीको अन्त्य भयो। तर त्यो परीवर्तनले क्रान्तिका राजनीति संभ्रान्तलाई सत्तामा पुर्याउनुलाइ नै परीवर्तन ठान्यो। नागरिकको राजनीति स्वतन्त्रता, सहभागीता र शासकको उत्तर्दयित्व क्रान्तिका सरोकार बननेन। यो पनि निशेधात्मक स्थिरतामा समाप्त भयो। २०१७ सालमा राजाले यसलाइ समाप्त गरीदिए र पंचायत आयो। त्यसको पनि २०२८ सालमा अन्त्य भयो। त्यसपछि दरवार केन्द्रीत पंचायत आयो, र २०४६ सालको आन्दोलनबाट बर्खास्त भयो। तर २०४७ सालमा कांग्रेस र कम्युनिस्टको सत्ता निर्माण गर्नु नै परीवर्तन भयो। २०६३ सालमा १७००० मानिसको मृत्युुको।पुरस्कारबापत माओवादीले गणतन्त्र नामको व्यवस्था पायो। र, अहिले २०८२ मा एउटा अन्तरीम सरकार बन्नुनै परीवर्तन हुन पुग्यो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

३. नेपाली समाजको यथार्थ क्रुर छ। राज्य व्यवस्थाको आत्म निर्णयको सामर्थ्य कुण्ठित छ। राज्य व्यवस्थाले स्वाधीनता पुर्वक निर्णय गर्न सक्दैन। अन्तरास्ट्रिय संस्थाहरु र बिदेशी स्वार्थले हाम्रो राज्य व्यवस्था थिचिएको छ। हाम्रो परराष्ट्र कुटिनितीको धुकधुकी मात्र छ। हाम्रो कृषि, उत्पादन र उत्पादकत्व बिसर्जन भएको छ, हाम्रो अर्थतन्त्र माफियाको हातमा छ र देशभक्त उद्धमीहरु क्रमस टाट पल्टीदैं छ, हाम्रो शिक्षा नवउपनिवेशवादको शिकार भएको छ, हाम्रो पुर्वाधार निर्माणले बातावरण ध्वस्त पारेको छ। आज ८०% नागरिक सम्पत्तिहिन छ्न र सबै सम्पत्ति माथिल्लो २०% मा केन्द्रीत छ।

४. यो अवस्था परीवर्तन गर्न हामिले “हाम्रो राजनीतिलाई निशेधात्मक स्थितिरता समाप्त गरेर समताको बाटोमा लानुपर्ने हो।तर आज पनि समाजमा “बिचार र पद्धतिले होइन व्यक्तिले दुनियाँ बदल्छ भन्ने बिश्वासका पछाडि नेपाली भिड कुदिरहेको छ। यो भिडले “समताले मात्र परीवर्तनलाई न्यायपुर्ण बनांउछ भन्ने बुज्न चांहदैन। जब सम्म शिक्षित र बौद्धिक मास अगाडि आएर यो मिथ्या संकथन र बिश्वास भत्काउंदैन, नेपाली समाज अब बिगठनको बाटोमा जाने खतरा पैदा भएको छ।

५. आज पनि नेपाली समाजमा आफ्नो स्वार्थले प्राथमिक्ता पाइरहेको छ। हरेक व्यक्तिलाई पदको खोजी छ, उस्लाइ मन्त्री हुन राजनीतिक दल चाहिएको छ, र उ संधैका लागि प्रधानमन्त्री बन्न चाहन्छ। अहिले त २२ बर्षको जेन्जीलाइ पनि प्रधानमन्त्री चाहीएको छ। कसैलाई शिक्षामा आमूल परीवर्तन गरेर “बिज्ञान र प्रविधि संपन्न रास्ट्र” बनाउने चासो छैन।

६. अब देशले व्यक्तिको नेतृत्व होइन , बिचारको नेतृत्व खोजेको छ। बिचार वाद होइन, लक्ष, रणनीति, कार्यनीति, पद्धति र संस्थाहरुको समन्वयात्मक “कृयाशिलता” को मार्गचित्र हो। तर अहिले नेपालमा बहस “एउटा त्यस्तो जादुगरको खोजी छ जस्ले देश बनाओस।” यस्का पछाडी एउटा तत्व छ “त्यो हो पदमा पुगेर सत्ताको स्वाद।” बिद्यार्थीले ज्यान दिए्र परीवर्तनको ढोका खोले, तर नेता अरुनै बन्दैछ्न। उनीहरु पुरानालाइ गाली गरेर राजनीतिमा उदाउन चाहन्छ्न। तर आवस्यक्ता “बिकासको नेपाली ढांचाको हो।”

बौद्धिक मित्रहरु बिदेशी बिज्ञका उद्धरणले मात्र देश बन्दैन। तपाईं र मेरो बिश्वास के हो भन्ने कुरा महत्त्वपूर्ण होइन, महत्त्वपूर्ण कुरा नेपालमा पर्याप्त श्रोत छ, हामी देश बनाउन सक्छौ। तर हामिमा देश बनाउने चाहना होइन, आफ्नो स्वार्थपुर्तीको आकांक्षा प्रमुख छ। त्यसैले अब “निशेधात्मक स्थिरता तोडेर परीवर्तनका लागि समताको सिद्धान्तको अनुसरण गर्नुनै हाम्रो राजनीतिक मार्ग हो।”

✍️ प्रा. डा. युवराज संग्रौला

Dhnagadhi & Krishanapur