घण्टेश्वरमा विद्यार्थी र युवाको संयुक्त पहल: सडक सरसफाइले फैलायो सकारात्मक संदेश

Image
Nisarga Hospital

लालिगुरास युवा क्लब र घण्टेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहकार्यमा घण्टेश्वर माविको गेटदेखि वडा नं. १ कार्यालय हुँदै एम.भी. हार्डवेयरसम्म सडक किनारामा व्यापक सरसफाइ अभियान सम्पन्न गरिएको छ। कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष, विपद् व्यवस्थापन तथा फोहरमैला शाखा प्रमुख र नगर प्रहरीको सक्रिय उपस्थिति थियो।

CP Hospital Dhangadhi

सरसफाइका लागि आवश्यक मास्क, ग्लोभ्स र झाडू नगरपालिकाले उपलब्ध गरायो भने विद्यार्थीहरूलाई थप ऊर्जा र उत्साहका साथ सहभागी गराउन एम.भी. हार्डवेयरका सञ्चालक मान व. चौधरीले फुर्टि वितरण गरेका थिए।


युवा, विद्यार्थी र स्थानीय निकायको सामूहिक सहभागितामा सम्पन्न यो अभियानले समुदायमा सरसफाइप्रति जागरूकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको स्थानीयले बताएका छन्।