३९ दिनपछि सुर्नया गाउँपालिकाको तालाबन्दी अन्त्य, युवाहरूका माग पूरा गर्दै सेवा पुनःसञ्चालन

Image
Nisarga Hospital

बैतडीको सुर्नया गाउँपालिकामा ३९ दिनदेखि जारी तालाबन्दी अन्त्य भएको छ। असोज २४ गते सूचना नदिएको भन्दै जेनजी र जेनवाई समूहले ११ बुँदे मागसहित कार्यालयमा ताला लगाएका थिए, जसका कारण लामो समयदेखि पालिकाको सम्पूर्ण कामकाज प्रभावित बनेको थियो।

CP Hospital Dhangadhi

पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि सेवा ठप्प भइरहेका बेला आइतबार बसेको कार्यपालिका बैठकले युवाहरूले उठाएका मागहरू सम्बोधन गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी रामसिंह महराले बताए। सहमतिपछि सोमबार तालाबन्दी हटाइएकाे ho।

Attariya Hospital

जेनजी समूहले उठाएका मुख्य मागअनुसार करारका सबै कर्मचारी हटाउने निर्णय समेत कार्यपालिकाले गरेको छ। ताला खुलेसँगै पालिकाका सेवा–सुविधा पुनःसञ्चालनमा आएका छन्।

nawajiwan