झल्को रयाको म्युजिक भिडियो सार्वजनिक

Image
Nisarga Hospital

गायक नरेन्द्र रावल, सुरेस शाही र हेमन्ता भट्टराईको स्वरमा तयार भएको ‘झल्को रया’ म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सुदूरपश्चिम एभरेस्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले सुदूरपश्चिमेली मौलिकता र समकालीन प्रेम–पीरको भावलाई समेटेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

गीतमा शब्द–संगीत स्वयं नरेन्द्र रावलकै रहेको छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘झल्को रया’ को म्युजिक भिडियोमा पुस्कर अवस्थी, मनिसा सिंह ठकुरी र मदन खड्काले अभिनय गरेका छन्। कलाकारहरूको स्वाभाविक अभिव्यक्ति र कथावस्तुको प्रस्तुतीकरणले भिडियोलाई भावनात्मक बनाएको छ। भिडियो डडेल्धुराको सुन्दर दृश्यावलीमध्ये विभिन्न स्थानमा छायांकन गरिएको छ। सह-गायिका हेमन्ता भट्टराईका अनुसार गीतले मायाप्रेम, विछोड र स्मृतिको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। उनले दर्शक–श्रोताहरूसँग भिडियो हेरी प्रतिक्रिया दिन र अन्यमा पनि सेयर गर्न आग्रह गरेकी छन्।

सुदूरपश्चिमको कला, संस्कृति र मौलिकता बोकेको यस म्युजिक भिडियोले डिजिटल माध्यममार्फत दर्शक–श्रोताको मन जित्ने अपेक्षा राखिएको छ।