म पीडित !

Image
Nisarga Hospital

भए म तिम्रो बिराला सुरि झै ,
बोलाए खाने कर्मी ।
छैनन् म पनको फाम नियती ,
छु म आफै डकर्मी ।।

CP Hospital Dhangadhi

गरु म फाम समराज्य घरको ,
अब देखि पाक्ने भातको ।
न उघारु म ढाेका विहानको ,
बिराला रुपि माथको ।।

तिम्रो दास भइ कति म टिकु ,
समराज्य तिम्रो सोचमा ।
खाना न खाइ मरु म बरु अहिले ,
तिमला पाके खोंचमा ।।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कस्तो ? औकातको हो प्रजातन्त्र यो ,
न बेठ न जाइ न हुने ।
छैनन् रोकिएको त्यो युग रणको ,
अर्कैले श्रम दुहिने ।।

जादा लाग्छ अचम्म विहान पखमा ,
भारी नै बोक्नु पर्ने ।
के सामन्ती के म घरको पीडित ,
दु:ख नै छ झेल्नु पर्ने ।।

हेप्छन बाहिर भनाउँदा सोफिया ,
मुटु झस्काउने गरि ।
गर्नु याद छ पीडित विचरोले ,
उपाय खोजोस् के गरि ।।

गर्नु फाम म कहलिने युवा ,
विदेश कामको पिडा ।
बुझ्नु त्यो पिडा समराज्य घरको ,
स्वदेश फर्कनु है सिधा ।।

गुन्नु नेपथ्यका कलम विचार ,
म हुनेले गर्नु ख्याल ।
हो यो म पीडित शीर्षक कविको ,
जीवन घरको आँखी झ्याल ।।

रचयिता : नरेन्द्र प्रसाद जोशी (प्रकृति प्रेमी )
शिक्षक श्री सेटीगाउ माध्यमिक बिद्यालय गोकुलेश्वर बैतडी

Dhnagadhi & Krishanapur