
एउटा ठूलो बाह्रमासे नदिको छेउमा ठूलो घनघोर जङ्गल हुन्छ।त्यहा पानी देखि लिएर सबै बन्यजन्तुलाइ आवस्यक पर्ने सबैलाई आपुर्ती हुने आहार प्राप्त हुने भएकाले स-साना चरचुरङ्गी देखि ठुला हात्ती,बाघ ,सिंह जस्ता जनावरहरुको वासस्थान रहेको हुन्छ,र तिनिहरु सबैको छुट्टाछुट्टै वासस्थान र आ-आफ्नै ढङ्गमा हिड्ने,खाने,खेल्ने,र प्रकृतिसङ्ग रमाएका हुन्छन।

त्यस जङ्गलभित्र एउटा ओडारमा एउटा बूढो बाघ,बघिनी र तिनिहरुका दुइओटा डमरु गरि चार सदस्यको सानो बाघको परिवार पनि बसेका हुन्छन,उनिहरु पनि छुट्टै आफ्नै तरिकाले रमाएका हुन्छन।यसरी नै समय बित्दै जान्छ,डमरु अलि ठुला भइसकेका हुन्छन,बूढो भएको बाघ रोगले च्यापेर थला परिसकेको हुन्छ।एउटि बघिनिले पुरै परिवारको स्याहार-सुसार र बिहान बेलुका खानको लागि बन्दोवस्त गर्नुपर्दा उसलाई निकै गाह्रो परेको हुन्छ तरपनी बाहिर परिवारको सामु ऊ सधै ओठ्मा झुठो मुस्कान दिइरहेकी हुन्छे।र उ जहिले नि आफू भोकभोकै बसि,जति बाधा आएपनी आफ्नो ज्यान दाउमा राखेर भएपनी परिवारलाइ खुशी राख्न चाहेकी हुन्छे।
एक दिनको कुरा हो, बघेनी आफ्नो परिवारलाई बिहानको आहार खुवाएर बेलुका को लागि बन्दोवस्त गर्न भनेर जङ्गलतिर जान्छिन। डमरुहरु खुशी हुँदै आगनमा खेलिरहेका हुन्छन। बूढो बाघ जीवनको अन्तिम घडिमा पुगेको हुन्छ ।त्यही बेला ओडारभित्रबाट बूढो बाघ बाबू- बाबु भन्दै गुहारेर बोलाउछ तर उनिहरु सानै भएकाले पख है बा…एकछिन मा आउछौ भन्दै खेल्न मै ब्यस्त हुन्छन। त्यसपछी उसले बघेनिको नाम लिदै हे!पृयसी म त आज यो संसारबाट बिदा हुँदै छु ,तिमी बालबच्चा र आफ्नो ख्याल गर्नु है! भनेर उ आफ्नो अन्तिम श्वास फेर्दै संसारबाट अल्विदा भएको हुन्छ।डमरुहरुले बुबाको त्यो अन्तिम शब्द सुन्छन र आत्तिदै बा.. भन्दै दौडेर भित्र जान्छन तर उनिहरु आफ्नो बुबाकहाँ पुगेन्जेलसम्म उ संसारबाट बिदा भएको हुन्छ।




बुबाको त्यो अवस्था देखेर दुइओटै डमरुहरु भक्कनिएर रुन थाल्छन। बेलुका बघेनी(आमा) आहार लियेर न्याउरो अनुहारमा घर पुग्छिन र ओठमा झुठो मुस्कान देखाउदै डमरुहरुलाई “बाबू हेर त” मैले आज त कति मीठो खाना लिएर आएकी छु भन्छे अनि डमरुहरुको पनि बुबाको यादले मन भक्कानिएको हुन्छ तर पनि उनिहरु पनि बुबाको त्यो कुरा आमालाई एकैछिनमा भन्यो भने आमाको मन भारी हुन्छ भनेर झुठो मुस्कानका साथ दुबै डमरु एकै स्वरमा “अ साच्ची है वास्ना नै कति स्वादिस्ट छ है आमा”,तर यो आहार खोज्न कति कष्ट गर्नुभयो होला है आमा? भनेर बघेनिलाई प्रस्न गर्छ्न।तिनिहरुको त्यो प्रश्नको जवाफ उनी मलिलो स्वरमा केही कस्ट भएन सजिलै पाएकी हु बाबू भन्छिन। डमरुको त्यो प्रश्न सुन्दा बघेनी आकाशबाट खसे झै हुन्छिन, किनकि ´´उनी सिकार खेल्ने बेला एउटा सिकारि मान्छेले देखेर उसलाइ गोलि हानेको हुन्छ र त्यो गोलि लागेको घाउबाट रगतको खोला बगेको हुन्छ।पछि बघेनी आहारको खोजिमा हिड्डुल गर्न साह्रै कमजोर भैसकेकी हुन्छे र अन्तिम मा केही गर्न नसकेपछी आहारको रुपमा आफ्नै घाउबाट निस्केको रगत लिएर घर फर्केकी हुन्छिन“।
त्यसपछी बघेनी डमरुलाई बुबालाई कस्तो छ ?खाना नखाएको नि चार दिन भयोआज त उहाले पनि खान्छ्न होला है ?भनेर प्रश्न गर्छिन र उनिहरु भक्कनिदै एकै स्वरमा अलि बढि अफ्ठ्यारो भएको छ अरु त सबै ठिकै छ भन्दै हुनुहुन्थ्यो भनेर जवाफ दिन्छन तर बुबाको मृत्यु भसकेको हुन्छ।त्यसपछी बघेनी बाघ भएको ठाउमा पुगेर उसको अनुहारमा नियालेर हेर्छिन र बुढा… भनेर बोलाउछिन तर उसको पहिले नै मृत्यु भएको कारण बोल्दैन।त्यसपछी सत्य कुरा थाहा पाउछिन र भक्कनिएर रुन थाल्छिन।
त्यसपछी आफ्ना डमरुलाइ बोलाउछिन र बाघको मृत्यु भएको कुरा भन्छिन।आमाको यो कुरा सुन्दा डमरुहरु भक्कानिदै बाघको मृत्यु आमा घर फर्किनुभन्दा पहिले नै भएको तर आमाको मन भारी हुन्छ भनेर झुठो बोलेको कुरा बताउछन र त्यसपछी अङ्गालो हाल्दै आमाछोराको झन रुवाबासी हुन्छ।
यस कथाको मुख्य सन्देश
विवाहित नारिको आफ्नो परिवारपर्तिको माया र जिम्मेवारि लाई देखाउछ। छोराछोरीहरुको आमापर्तिको भावना,र उनिहरुको कसैपर्ती केही कुरा पनि (दु:ख,पीडा समस्या)बुझ्ने क्षमतालाई देखाउछ।
✍️ निर्मला धामी, विद्यार्थी
श्री मालिकार्जुन माध्यमिक विद्यालय धाप दार्चुला



































