घरघरमै बनाएका छन् पार्टी सरकार बनाउन,
स्वार्थ पुरा गर्न जनतालाई हतियार बनाउन।
कसैलाई जातको त कसैलाई क्षेत्रकै खिचलो,
थालेकै हुन्छन् राजनीतिलाई व्यापार बनाउन।
देश जता गएपनि बाल छैन जिते पुग्छ आफै,
नारा घन्काउँछन् आ आफ्ना संसार बनाउन।
जातीय क्षेत्रिय नारा फेरी सुनिन थाल्यो देशमा,
शान्ति प्रिय समाजमा फेरी उस्तै दरार बनाउन।
भन्छन् पार्टी वाइपास गर्छौँ सुसाशन ल्याउँछौँ,
आफ्नै पार्टी खोलेर थाले नयाँ औजार बनाउन।
किन थाल्दैनौँ मोरा देश बनाउने अभियान तिमी,
घरघरमै एउटा बलियो देशको करणधार बनाउन।
॥१॥
हृदयभित्र कति छ कति रहर भन्नै गारो,
अटाउँदैन मनमा यो धर्ती सगर भन्नै गारो।
यात्रु हुँ मनको घुम्छ मन् संसारनै नियाल्न,
दुःख कष्ट आउनेछ कति सफर भन्नै गारो।
वेमौसम वर्षिन्छ पानी र आकासबाट पनि,
धमिलो हुन्छ मन मिले सि नजर भन्नै गारो।
औलादहरू समेत गर्नथाले मनपरी अचेल,
कस्तो पर्ला बा आमालाई असर भन्नै गारो।
हृदय पोल्छ असहनिय हुन्छ पिडा मनमा,
क कसलाई सुनाउँ मनको खबर भन्नै गारो।
॥२॥
विद्रोही पनि त उनैका खास भए आज,
कुनै दलाल कुनै उनैका दास भए आज।
तिमी र मलाई सपना मात्र देखाए उनैले,
हाम्रो ठान्यौं उही दुष्टकै पास भए आज।
दुश्मनकै लागि उठाएका हतियार उनैले,
उनै पनि त यहाँ जीउँदा लास भए आज।
लेखि नथाक्ने क्रान्ति अर्ती उपदेश उस्तै,
उनकै कथाहरू पनि बक्वास भए आज।
उसैले गरायो खरानी देश नर्कमा पुरायो,
सबैका सपनाहरू सत्यनास भए आज।
बेचि खायो देश पोलि खायो सिद्दान्त नै,
उसैका अर्तिहरूपनि उपहास भए आज।
॥३॥
अचेल अल्छिहरूको तमास देखेर हैरान हुन्छु,
उस्तै नेताहरूको नि बक्वास देखेर हैरान हुन्छु।
जस्लाई आफ्नो सम्झियौं बिसवास पनि गय्रौं,
उस्लाई आज दुश्मनकै दास देखेर हैरान हुन्छु।
साहित्येमा तातेताते सर्दा सिकियो गजल नी,
उसैमा पनि राजनीति खास देखेर हैरान हुन्छु।
न्यायको कामना गर्नेहरूनै अन्यामा बोल्दैनन्,
समाजमा यस्तै जीउंदालास देखेर हैरान हुन्छु।
बा आमाले अमृत सेवाए केही दिएनन् होला,
छोराको बिष खाने प्रयास देखेर हैरान हुन्छु।
औकात भुलेका लाई कसरी सकिउने हमीले,
अरूले सधैं गरेको उपहास देखेर हैरान हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८