
मौनतामा पनि गीतहरू लुकेका हुन्छन्,
शब्दैले भन्न नसक्ने मनका कथा।
धड्कनको गहिराइमा बिगत बगिरहेको,
शान्त तर तीक्ष्ण—सम्झनाको रथमा।

कहिले मौनता पीडा बन्छ,
कहिले ढुक्क भई टल्किने आशा।
न नजिक आउने, न टाढा धकेल्ने,
बस आत्माको भाषा—निशब्द तर स्पष्ट।
बोल्न नसकिएको कुरा आँसुमा पस्छ,
रोकिन नसकिएको साँचो श्वासमा।
मौनता त मन्दिरकै जस्तै पवित्र छ,
यदि पढ्न सकियो भने हृदयको आकाशमा।




कसैले मौनतालाई डर ठान्ला,
कसैले गर्व—कसैले बिर्सिएको सम्झना।
तर मौनता कहिल्यै खाली हुँदैन,
त्यसमा लुकेरै बस्छन् जीवनका अदृश्य पीडा।
✍️ कोपिला धामी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

































