नव जागरण

Image
Nisarga Hospital

हे युवा देशका शक्ति,तिमी मै देश निर्भर।
तिम्रो प्रयासले मात्रै, देश बन्दछ सुन्दर ।१।

CP Hospital Dhangadhi

समस्या जति हुन् सप्पै, हट्न सक्छन् क्रमै संग।
बगैंचा भव्य बन्ने छन्,सारा शुष्क मरुस्थल।२

तिम्रो सामर्थ्य,शक्तिले, जे पनि हुन सक्तछ।
ॲध्यारो कालरात्रीमा, उज्यालो हुन सक्तछ।३

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तिम्रो उत्साहले मात्रै, देशको भाग्य बन्दछ।
निंदाए तिमीले सारा, मातृभूमि निंदाउॅछ ।४।

तिम्रो नै श्रम-शक्तिले, भाग्यका द्वार खुल्दछन्।
जस्तै बन्जरभूमिमा, अन्नका बाली झुल्दछन्५।

राष्ट्र-निर्माणको आशा, तिमीमै हुन्छ निर्भर।
तिमीले नगरे कस्ले, अरुले गर्न सक्तछ ?६।

तिमीले सपना देखे, विपना बन्न सक्तछ।
समृद्धि सुख शान्तिले, वास पाउन सक्तछ।७।

उठ जाग भयो भैगो, उज्यालो हेर बाहिर ।
त्यागी आलस्य तन्द्रा यो, कर्ममा होउ तत्पर।८

अपराजित त्यो शक्ति, कर्ममा लाग्नु पर्दछ।
समस्या आजका जे छन्, ती सबै जित्नु पर्दछ९

छोड बिध्वंशको बाटो, लाग निर्माणमा अब ।
तिमीले गर्न चाहेमा, छैन केही असम्भव ।१०।

जननी जन्मभूमिको, रक्षा गर्दै अघि बढ।
सहारा बनि निर्धाको, सेवा गर्दै अघि बढ।११।

राम्रो संस्कार बोकेर, राम्रो नै मार्गमा डुल ।
राष्ट्रनिर्माणमै लागी, राष्ट्र-निर्माणमै भुल१२।

डा. टेकराज पन्त
बेटनरूज, अमेरिका

Dhnagadhi & Krishanapur