
सोंचेको थिएं यो विद्रोह गर्नेहरू खास गरेका छन्
यो कत्ती सोचेको थिएन उस्तै बक्वास गरेका छन्।
नेता बनेपछि जसले ढुकुटी रित्तायो देशको फेरी,
सोचेकै थिएन जनता उसैलाई साबास गरेका छन्।
जसका बा आमा उपचार बिना मरेका थिए यहाँ,
उता छोरा बुहारीले संस्कारको तमास गरेका छन्।
देशभक्त भनी नथाक्ने नेताहरूको व्यवहार देख्दा,
यस्तै लाग्छ आफूले आफैलाई उपहास गरेका छन्।
क्रान्तिका गफ लगाउनेहरू खुबै बन्दुक पड्काउँथे,
विन मौसमको बाजाले क्रान्ती खल्लास गरेका छन्।
हिंजो बञ्जर जमिनमै हाड छाला घोटे पुर्वजहरूले,
आज उन्कै सपनामा कुपुत्रले सत्यनाश गरेका छन्।

॥१॥
के बदलियो तिमि बाहेक सहर उस्तै छ,
माझिको लागि यो खोला बगर उस्तै छ।
मिल्दो जुल्दो देखिन्छन् अनुहार सबैको,
मुर्झाएकै परायजसो सबै अधर उस्तै छ।
बोकी काँधमै जिम्मेवारी आँखामा आँसु,
उड्छन् आकासमा युवा खबर उस्तै छ।
लथालिङ्ग छ देश ऋणमा डुबेकै जनता,
मनमा जिउने छैन रहर तर कर उस्तै छ।
रोजगार सुन्य छ आत्मनिर्भर नभएपनि,
जिउने मर्ने रहर देशमा सकभर उस्तै छ।
घेरेका छन् साम्राज्यवादीहरूले देशलाई,
कुनै बेला सिक्किम पुराउन् डर उस्तै छ।




॥२॥
के बदलियो तिमि बाहेक सहर उस्तै छ,
माझिको लागि यो खोला बगर उस्तै छ।
मिल्दो जुल्दो देखिन्छन् अनुहार सबैको,
मुर्झाएकै परायजसो सबै अधर उस्तै छ।
बोकी काँधमै जिम्मेवारी आँखामा आँसु,
उड्छन् आकासमा युवा खबर उस्तै छ।
लथालिङ्ग छ देश ऋणमा डुबेकै जनता,
मनमा जिउने छैन रहर तर कर उस्तै छ।
रोजगार सुन्य छ आत्मनिर्भर नभएपनि,
जिउने मर्ने रहर देशमा सकभर उस्तै छ।
घेरेका छन् साम्राज्यवादीहरूले देशलाई,
कुनै बेला सिक्किम पुराउन् डर उस्तै छ।
॥३॥
बनाए उनैले दाश खुवाई जुठोपुरा उनैले,
देखाई महको डल्लो लुकाए छुरा उनैले।
बोकेर हिंड्छन् जनताहरू उनैलाई सधैँ,
जजसले देखाउँछन सपना अधुरा उनैले।
लगाई धाग भएनभएकै पारे भ्रमजालमा,
समाई नाडी उनैले पठाए भुरी भुरा उनैले।
खाई डालर विदेशीका लडाए जनता यहाँ,
मराए निर्दोश बा आमै बनाए टुहुरा उनैले।
नबुझेर हामीहरू जीवन बितायौँ नाटकमा,
बल्झिछौँ हामी बुनेको जाल माकुरा उनैले।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































