जीवन मृत्यु

Image
Nisarga Hospital

जस्तै जीवन हो सत्य, त्यस्तै मृत्यु पनि त हो।
जन्मको साथमा मृत्यु, मृत्युका साथ जन्म हो।१।

CP Hospital Dhangadhi

पुराना पात झर्ने हुन्, डाली बाट अवश्य नै।
कलिला पात मुना भै, जन्मने हुन् अवश्य नै।२।

तारा पनि त झर्ने हुन्, पुण्य क्षीण भए पछि।
महासिन्धु पनि सुक्छन्,बेला आए पछि पछि३

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उदाए सूर्यले, सॅाझ अस्ताउनु त पर्छ नै ।
फक्रेको फूलले फेरी, ओइलाउनु त पर्छ नै।४।

नीलो आकाशमा कालो मेघ लाग्ला यदाकदा
त्यही आकाशको रंग, नीलै होला सदा सदा।५

सृष्टिको रूप नै हुन्छ, परिवर्तनशील नै ।
आजको देखिने रूप,भोली भैदिन्छ भिन्न नै।६।

कहिले धमिलो पानी, कहिले स्वच्छ निर्मल।
कहिले खहरे खोला, कहिले पानी खल्खल।७

एकैनास कुनै हुन्नन् ,न गति न परिस्थिति ।
जस्तो समयको आज्ञा,त्यस्तै भैदिन्छ संस्थिति

न कोही अविनाशी छ, न कोही सर्वकालिक।
सृष्टिका वस्तु नै हुन्छन्, अस्थायी क्षणभंगुर९।

चक्र यो फेरिदै जान्छ, जन्मको मृत्युको पनि।
कहिले जन्मको हर्ष, कहिले मृत्यु बैगुनी।१०।

✍️ डा. टेकराज पन्त
अस्टिन, अमेरिका

Dhnagadhi & Krishanapur