
बैतडीको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलबार मृत फेला परेकी छन्।

प्रहरीका अनुसार उनी घर नजिकै स्याउला काट्न जंगल गएकी थिइन् र ल्वापा भिरमा लडेर मृत अवस्थामा पाइएकी हुन्।
प्रारम्भिक अनुसन्धान अनुसार घटनामा अन्यजनाको संलग्नता छैन।
जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको थप विवरण सङ्कलन गरिरहेको जनाएको छ। स्थानीयवासी र आफन्तले वृद्धाको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन्।





























