कञ्चनपुरमा उज्यालो नेपाल पाटीको जिल्ला कार्यालय उद्घाटन

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरमा बुधबार उज्यालो नेपाल पाटीको जिल्ला कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका बीच पाटीका केन्द्रीय सदस्य भीम बहादुर कुमालले कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

उक्त कार्यक्रममा पाटीका केन्द्रीय अध्यक्ष अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य भीम बहादुर कुमाल, रिमा विश्वकर्मा, श्याम सुनार लगायतका नेताहरूको उपस्थितिमा उद्घाटन गरिएको थियो। कार्यक्रममा सहभागी नेताहरूले पाटी कार्यालयले जनसहभागिता बढाउने, स्थानीयस्तरमा समन्वय र विकासका कामलाई गति दिने उद्देश्य राखेको बताएका थिए।

Attariya Hospital

जिल्ला पाटी कार्यालय उद्घाटनसँगै स्थानीय सदस्य र शुभेच्छुकहरूले पाटीसँग प्रत्यक्ष सम्पर्कमा रहँदै संगठनलाई सुदृढ बनाउन सहयोग गर्न सक्ने अवसर प्राप्त हुने बताइएको छ। पाटीले आगामी दिनमा जिल्लाभर जनसहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

nawajiwan