कैलालीमा साढे तीन महिनामा ५४२ अ’प’रा’ध मु!द्दा दर्ता, सङ्गठित र बैङ्किङ क’सुर बढ्दो

Image
Nisarga Hospital

कैलाली जिल्लामा पछिल्लो साढे तीन महिनामा विभिन्न प्रकृतिका ५४२ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज १५ देखि मंसिर मसान्तसम्म उक्त मुद्दा दर्ता भएका हुन्। बुधबार सार्वजनिक गरिएको तीन महिनाको प्रगति विवरणअनुसार जिल्लामा सबैभन्दा बढी सङ्गठित अपराधका मुद्दा दर्ता भएका छन्।

CP Hospital Dhangadhi

यस अवधिमा सङ्गठित अपराध सम्बन्धी ९८ वटा मुद्दा दर्ता भई १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ७६ वटा मुद्दा दर्ता भएका छन् भने ती मुद्दामा ५३ जना पक्राउ परेका छन्। आत्महत्याका घटनासमेत उच्च देखिएको छ, जसअनुसार आत्महत्या सम्बन्धी ९६ वटा मुद्दा दर्ता भएका छन्।

सामाजिक अपराधतर्फ ५० वटा मुद्दा दर्ता भई ९२ जना पक्राउ परेका छन्। जबरजस्ती करणी, बालविवाह, बोक्सी आरोपलगायत महिला सम्बन्धी अपराधका २७ वटा मुद्दामा ३४ जना पक्राउ परेका छन्। बैङ्किङ कसुरका १ सय ५३ मुद्दा दर्ता भई २४ जना पक्राउ परेका छन्।

nawajiwan
Attariya Hospital

यसैगरी प्रहरीले साढे तीन महिनामा ३ सय ७२ जना फरार अभियुक्त पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले अपराध नियन्त्रणका लागि विशेष रणनीतिसहित प्रहरी सक्रिय रहेको बताएका छन्।