कठै, पाँच पैसाको फाइदा, पचास पैसाको गुलामी!

Image
Nisarga Hospital

उनीहरू यसरी लोभ गर्दछन,
जसरी की उनीहरु दरिद्रहरुका राजा हुन!
उनीहरू यसरी चाप्लुसी र गुलामी गर्दछन,
जसरी की उनीहरू आफै जिउँदा नै छैनन!
उनीहरू यसरी कृतिम र क्षणिक शक्तीको पूजा गर्दछन,
जसरी की उनीहरू निरिह र बबुरा छन!

CP Hospital Dhangadhi

उनीहरू यसरी दोहोरो भूमिका खेल्छन,
जसरी की उनीहरु मात्रै बाठा छन, अरु कसैले केही बुझ्दैनन!
उनीहरू यसरी डराउँछन,
जसरी की उनिहरुको श्वासको डोरी उनीहरूका धर्तीका मालिकहरूको हातमा छ!

उनीहरू यसरी भबिस्य बारे चिन्तित छन,
जसरी की उनीहरुको जीवन हजार बर्षको छ!
उनीहरू यसरी विगत बारे गुनासो गदर्छन,
जसरी की उनीहरूसँग अब बाँकी केही रहेन!
उनीहरू यसरी शास्वत सत्य र शक्तीलाई प्रताडित गर्न दुष्प्रयास गदर्छन,
जसरी की शास्वत सत्य र शक्तीलाई कुनै पनि युगमा भुसुनाहरुले हराएको होओस!

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर

Dhnagadhi & Krishanapur