
कसैसङ्ग दोशती न बैर छ जीवन सफर चलेकै छ,
देश विदेशमा डुलेर भएपनि हाम्रो घर चलेकै छ।

त्यो दु:ख ब्यहोरेकालाई त दु:ख दु:खनै होइन यो,
ऊ नमिसिए पनि खोला उस्तै समुन्दर चलेकै छ।
अटल छ हिमालय झैं तिम्रो विचार छ रहिरहेको,
डुब्ने डुबाउनेहरूको अचेल उस्तै खबर चलेकै छ।




केथाहा जीवन कहांसम्म पुगेर रोकिन्छ आफ्नो,
कसरि गरौं बादा म तिमिसङ्ग त्यो लहर चलेकै छ।
चाहिदैन छुरा न तिखो बाण हुनेरैछ धार जिभ्रैमा,
पुरानो रापको अहिले पनि त्यही असर चलेकै छ।
जस्तै यो देश विदेशीकै निसानामा छ उद्योग बिना,
के रटान गरौं यो देश रेमिटेन्सकै उप्पर चलेकै छ।
॥१॥
जीवनमा कति गरियो उज्गार कसैले गर्ला,
कसैले गरेपनि त मन्ले सत्कार कसैले गर्ला।
आस लाग्दैन कसैको जीवनमा धेरै देखियो,
जन्मिन्न अब सरवणकै औतार कसैले गर्ला।
मरेपछि आगो त सबैले लगाउँछन् तर पनि,
दोहनको लागि पनि हारगुहार कसैले गर्ला।
चिन्ता छैन यो सास चल्दासम्म जीवन चल्छ,
मृत्यु पछि मेरो नामको व्यापार कसैले गर्ला।
सकारत्मक र नकारत्मक दुबै एउटैमा हुन्छ,
सबै गद्दार हुँदैनन् मरेपछि उद्दार कसैले गर्ला।
जीवित छँदा मात्र दुःख्छ यो मन मुटुमा पनि,
मरेपछि त्यो खरानीको निखार कसैले गर्ला।
॥२॥
फैलियो बतास कताकता हतास हुनथाल्यो,
मनमा किन हुरि बतास नै खास हुनथाल्यो।
भन्छन् अपराध बढ्यो देश नर्कतुल्य बनेछ,
किन यसरी अनौठो सनतरास हुनथाल्यो।
हामी लड्दै छौं छुवाछुतमा अंझैपनि देशमा,
मनको आगन दुश्मनको निवास हुनथाल्यो।
केछ खबर सुनाउने लायक हिंजोको आज,
जहां हेर्यो साम्राज्यवादी क्लास हुनथाल्यो।
एउटै विचारका मानिस पनि लडेको देख्दा,
विदेशीहरू भित्रिने झन् आभास हुनथाल्यो।
सयौं फूलको बगैचामा भमराकै शङ्खनाथ,
त्यो देख्दा कलीको सपना नाश हुनथाल्यो।
॥३॥
खै किन यो सरकार पनि निरास हुनेगर्छ,
जब की कामै नगरेपनि श्याबास हुनेगर्छ।
नेता मख्ख परेर लक्जरी कारमा गुडेपनि
प्रसंशा कसैले गर्दैन बरू उपहास हुनेगर्छ।
जनता विश्वमै कामगर्ने ठाउँ खोज्दै गर्दा,
नेताले गरेकै भासन पनि बक्वास हुनेगर्छ।
नागरिक खाडीमा चिन्तित छ देशको बारे,
रेमिटेन्स खानेहरू विदेशका दाश हुनेगर्छ।
स्वाभिमानका लागि लड्न लजाउनेहरूकै,
हेरौँ त अकालमा जहाँ कही लाश हुनेगर्छ।
देशमा दुश्मनकै बिषालु दृष्टिकोण हुनेहुँदा,
नागरिकै एकतामा भविश्य खास हुनेगर्छ।
॥४॥
सबैले गर्छन् जीतमै सपना साहाकार हुने कुरा,
सिखरमा पुराउने श्रोत आफ्नै विचार हुने कुरा।
किन गर्थ्यो यार देश र जनताकै बारेमा कसैले,
आमूल परिवर्तन र सुन्दर सफा मुहार हुने कुरा।
हिंजै सबै भ्रष्टाचार बिरोधमा खुब बोलेका थिए,
आज भुलेछन् त्यो वाइरल अखबार हुने कुरा।
सबैमा तछाड मछाड हुन्छ पद प्रतिष्ठाका लागि,
निष्ठाको लागि छैन कसैको बफादार हुने कुरा।
युवा खाडिमा पठाई आफू गाडिमा चड्ने गर्दा,
कसलाई याद आउँथ्यो देशमै रोजगार हुने कुरा।
विचारमा एकता हुने भन्छन् घन्टौ गर्छन भाषन,
व्यवहारमा उस्तै छ सधैँ गर्छन् कुटामार हुने कुरा।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































