क्रिसमस डेको पूर्वसन्ध्यामा अत्तरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Image
oplus_0
Nisarga Hospital

अत्तरिया:इसाई धर्मका प्रवर्तक प्रभु येशु ख्रिष्टको जन्मोत्सव क्रिसमस डेको पूर्वसन्ध्यामा कैलालीको अत्तरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गोदावरी ईसाई समाज, अत्तरियाको आयोजनामा सम्पन्न कार्यक्रममा इसाई समुदायसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा धर्मप्रति चासो राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

oplus_0

कार्यक्रममा सहभागीहरूले एक–अर्काबीच क्रिसमसको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सहअस्तित्व र भाइचारा सुदृढ बनाउने सन्देश दिएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अल्पसंख्यक इसाई समुदायलाई क्रिसमसको हार्दिक शुभकामना व्यक्त गर्दै धर्म निरपेक्ष मुलुकमा सबै धर्मका नागरिकले आफ्ना चाडपर्व स्वतन्त्र र उल्लासपूर्ण रूपमा मनाउन पाउने अधिकार सुनिश्चित भएको बताए।


नगर प्रमुख भट्टले विगतमा एक धर्मलाई मात्र संरक्षण गर्ने प्रवृत्ति रहे पनि अहिलेको व्यवस्थाले सबै धर्म र संस्कृतिलाई समान सम्मान दिएको उल्लेख गरे। साथै, नगरपालिकाभित्र इसाई समुदायका सदस्यहरूको जीवनयापन र अन्त्येष्टिसँग सम्बन्धित समस्या समाधानका लागि आगामी दिनमा उपयुक्त स्थानको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

oplus_0

शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले क्रिसमसले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश फैलाओस् भन्ने कामना व्यक्त गरे। कार्यक्रममा इसाई समुदायमा लोकप्रिय क्रिसमस टोपी जनप्रतिनिधि तथा समाजसेवीहरूलाई उपहारस्वरूप प्रदान गर्दै आत्मीय वातावरणमा शुभकामना आदानप्रदान गरिएको थियो।
गोदावरी ईसाई समाज अत्तरियाका अध्यक्ष डेविड कैनीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका कार्यपालिका सदस्य धनबहादुर विकले स्वागत मन्तव्य राखेका थिए।

oplus_0

अध्यक्ष कैनीले नगरपालिकाभित्र दर्ता भएका सबै मण्डली र चर्चहरूको समन्वयमा क्रिसमस डेलाई व्यवस्थित र उल्लासमय रूपमा मनाइने जानकारी दिए।

इसाई धर्मावलम्बीहरूले हरेक वर्ष पुस १० गते (डिसेम्बर २५) विश्वभर क्रिसमस डे मनाउने परम्परा रहेको छ।