राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु र धनगढीका मेयर हमालबिच भेटवार्ता

Image
Nisarga Hospital

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल (गोपी) हमालबिच भेटवार्ता भएको छ।

CP Hospital Dhangadhi

रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्री लगायतका नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको हो। केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला र स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग संवाद गरेको हो।

भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू र सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।

विशेषगरी मुलुकमा वैकल्पिक शक्तिका रूपमा देखिएका पक्षहरूबिचको सहकार्य र एकताको आवश्यकताका बारेमा दुवै पक्षबिच गहन संवाद भएको बताइएको छ। भेटपछि सामाजिक सभापति विष्टले देश र प्रदेशको भविष्यका लागि जिम्मेवार नेतृत्वबिच यस्ता संवादहरू निरन्तर आवश्यक रहेको बताएका छन्। भेटमा रास्वपाका प्रदेश कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।

रास्वपाले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आफ्नो साङ्गठनिक सक्रियता बढाउनुका साथै स्थानीय तहका जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरूसँगको भेटघाटलाई तीव्रता दिएको छ।