महेन्द्र मा.वि.ले तेस्रो पटक उपाधि जित्यो, अमरगढी राष्ट्रपति रनिङ शिल्डमा ४९ पदकको दबदबा

Image
Nisarga Hospital

डडेल्धुराको अमरगढी नगरपालिकामा सम्पन्न छैटौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालय ले हात पारेको छ। यसैसँगै विद्यालयले लगातार तेस्रो वर्ष यो उपाधि जितेर ऐतिहासिक हैट्रिक पूरा गरेको छ।

CP Hospital Dhangadhi

बुधबार समापन भएको प्रतियोगितामा महेन्द्र मा.वि.ले २५ स्वर्ण, १७ रजत र ७ कांस्य गरी कुल ४९ पदक हात पारेर अविजित प्रदर्शन गर्यो। उपाधि विजेताले ३० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाएको हो।

Attariya Hospital

दोस्रो स्थान मा माउन्टेन बोर्डिङ स्कुल बागबजार (४२ पदक) र तेस्रो स्थान घटाल माध्यमिक विद्यालय नुवाकोट (९ पदक) ले हासिल गरे। नगर प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकालले विजयी विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरलाई शिल्ड हस्तान्तरण गरे।

nawajiwan

नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता रहेको यो प्रतियोगिता सोमवारदेखि सञ्चालनमा थियो। महेन्द्र मा.वि.को यो लगातार तीन वर्षे विजयले स्थानीय खेलकुद क्षेत्रमा विद्यालयको दबदबा कायम रहेको प्रमाणित गरेको छ।