आज रास्वपामा बृहत राजनीतिक समायोजन, नाउपाका नेता-कार्यकर्ताहरू समावेश

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा गर्दैछ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पूर्वनेता, थरुहट/थारुवान अभियान्ता र रास्वपाबीच पार्टी समायोजन तय भएको हो।

CP Hospital Dhangadhi

रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका अनुसार घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ। रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिँदै आजै रास्वपामा समायोजन हुनेछन्।

नाउपाका नेताहरू रास्वपामा प्रवेश गर्न लाग्नुको कारण रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट हुनु भएको बताइएको छ। यस कदमले रास्वपाको organizational शक्ति र राजनीतिक आधार थप सुदृढ हुने अपेक्षा गरिएको छ। आगामी निर्वाचन र रणनीतिक कदमका लागि यो समायोजन महत्वपूर्ण मानिएको छ।

nawajiwan