देश एक प्रयोगशाला

Image
Nisarga Hospital

देशको वर्तमान अवस्था राजनैतिक अवस्थालाई हेर्दा एक तरलताको अवस्था सँग गुज्रिरहेको छ। हाम्रो मुलुकमा नेपाली जनताको प्रतिनिधीबाट लिखित संविधानलाई कागजको खोष्टो बनाउने प्रयत्नहरु चौतर्फी रुपमा बढिरहेका छन्। हाम्रो सम्पुर्ण उर्जा र समय संविधानको वरिपरी मात्रै घुमेर रहेको देखिन्छ। त्यसको ज्वलन्त उदाहरण सात दशकमा फेरीएका हाम्रा ७ वटै संविधानले प्रष्ट देखाउँछ। यो देशको न्यायापालिकाको प्रमुख प्रधानन्यायीश भई सकेका व्यक्तित्व कल्याण श्रेष्ठले केहि महिना अगाडी राजधानीको कुनै एउटा होटेलमा कार्यक्रम राख्दै जेनजी युवाहरुको भेला गरेर वर्तमान संविधानको ‌औचित्य नभएको र यो संविधान समयमै च्यात्नुपर्ने भन्दै दिएको अभिव्यक्तिबाट समेत स्पष्ट हुन्छ कि हाम्रो देशको व्यवस्था माथी प्रहार गर्नका लागि धेरै खालका उच्च तहका व्यक्तिहरु नै लागि परेका छन।यो घट्नामा केवल उनिहरुलाई प्रयोग गरीएको छ र उनिहरु देशलाई थप प्रयोगशाला बनाउँदै भन्ने कुराको एउटा ज्वलन्त उदाहरण मात्रै हो।देशको ईतिहासलाई केलाएर हेर्दा हाम्रा व्यवस्थाहरु पटक पटक प्रयोग हुँदै र त्यसलाई नयाँ व्यवस्थाको आश देखाएर जनतालाई प्रयोग गर्दै निरन्तर प्रयोग गरिएको देखिन्छ। जसको प्रत्यक्ष असर गत भदौमा भएको जेनजी आन्दोलनमा समेत देखिन्छ।

CP Hospital Dhangadhi

हाम्रो देशमा वि.स.२००७ साल पुर्व बेलायती उपनिवेशवादको विस्तारमा रहेका अंग्रेजहरुले राणाहरुलाई प्रयोग गरेर आफ्नो प्रभाव कायम राखेँ। त्यस पश्चात भारतले वि.स.२००७ सालको संविधान निर्माणमा सहयोग गर्नुका साथै देशको शासन सञ्चालनमा प्रत्यक्ष रुपमा प्रभाव विस्तार गर्दै राजा र तत्कालिन राजनैतिक दलहरुलाई प्रयोग गरेको देखिन्छ।राजा त्रिभुवनको मन्त्री परिषदमा भारतका प्रतिनिधी समेत रहने व्यवस्था गरिएको थियो।

वि.स. २०१७ सालको राजा महेन्द्रको कु-पश्चात वैदेशिक हस्तक्षेपलाई साधुरो पार्दै देशको आर्थिक सुधार र रुपान्तरणका लागि केहि महत्वपुर्ण कामहरु भएको देखिन्छ।त्यो समयमा मुलुकमा प्रशासनिक र आर्थिक हिसाबले देशलाई सबलीकरण हुँदै गरेको देखिन्छ ।राजा महेन्द्रको नीतिलाई भारतले निकै कटुतापुर्वक हेर्दै त्यस बिरुद्द नेपालका राजनैतिक दलहरुलाई तयार पार्दै प्रजातन्त्रको लागि लड्न मद्दत गरेको प्रजातान्त्रिक व्यवस्था स्थापनाको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतले खुलेरै सहयोग गरेको देखिन्छ।

nawajiwan

प्रजातन्त्र स्थापना भएको दुई चार बर्षमै २०४६ सालको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले नै जेनयुका उत्पादन बाबुराम भट्टराईलाई अगाडी सारेर थप जनयुद्द गराउन सफल भएको देखिन्छ।झट्ट हेर्दा माओवादी जनयुद्द नेपाली जनताको ग्रामिण तहबाट प्रत्यक्ष रुपमा सहभागी भई तत्कालिन राजा र व्यवस्था बिरुद्द गरिएको युद्द देखिए पनि यसको भित्री रहस्य भारतको प्रत्यक्ष र परोक्ष सहयोग र योजनामा गरीएको एक राजनैतिक द्वन्द थियो। जुन कुरा भारतमा जासुसी संस्था रअ का प्रमुहरुले विभिन्न समयमा विभिन्न मिडियाहरुमा दिएका अन्तरवार्तामा समेत देख्न र सुन्न सकिन्छ।

अहिले हाम्रो राजनितिमा नयाँ प्रयोग भईरहेको छ। प्रयोगमा ल्याएका विषय निकट छिमेकी मित्र भारतको अरुचीको विषय हाम्रो संविधान थियो। जहाँ कसैको स्वार्थ अनुसार अहिले संविधान संसोधन र नयाँ पुस्ताको प्रधानमन्त्रीको एजेण्डा लिएर हाम्रो राजिनितमा नयाँ परिक्षण गरिदै छ। यसका पछाडीका प्रयोगकर्ताहरु को-को हुन ? भन्ने रहस्य बिस्तारै समयक्रमले खुल्दै जानेछ।तर अहिले देखिएको भारतको तर्फबाट खुलेरै, चिनको तर्फबाट बिआरआई मार्फत र अमेरिका लगायत पश्चिमाहरुको एमसिसि र विभिन्न इन्डोप्यासिफिक रणनीतिहरु मार्फत मार्फत देशका जनता र राज्य सत्तालाई प्रत्यक्ष प्रभाव पार्दै हाम्रो देशमा विभिन्न प्रयोगहरु गरीरहेको देखिन्छ। जसको पछिल्लो प्रयोगका रुपमा जेनजेड आन्दोलनको माध्यमबाट हाम्रा प्रशाशनिक निकाय, संसद र न्यायालय माथी गरिएको आगजनी लाई हेर्न सकिन्छ।

भदौ २४ गतेको हिंसा र आगजनीलाई सरसर्ती हेर्दा अघिल्लो दिन सरकारले युवा विद्यार्थी माथी गोली प्रहार गरेको आक्रोशको प्रतिकार स्वरुप जनताको तहबाट गरिएको आन्दोलनको रुपमा हेरिए पनि यसलाई सुक्ष्म ढंगबाट हेर्दा करिब पाँच घण्टाको अन्तरालमा देशका थुप्रै प्रसाशनिक निकाय,संसद,राष्ट्रपति भवन,राजनैतिक दलका कार्यालय,नेताहरुको घर र व्यवासायिक क्षेत्र माथी आक्रमण गर्दै आन्दोलनलाई हाइज्याक गरेर संसद विगठनको माग अघि सार्दै अन्तरिम सरकार गठनका लागि सेना प्रमुख मार्फत वार्ता गराउ भन्दै आएका अभिव्यक्ति र विकसित घट्नाक्रमले त्यो समयको उक्त दुर्घटना केबल जनताको तहबाट सरकार बिरुद्दको प्रतिकार मात्रै नभई परिपक्क ढंगबाट पुर्व तयारीका साथ हाम्रो व्यवस्था र हामी माथी गरिएको नयाँ राजनैतिक प्रयोग हो भन्ने कुराको स्पष्ट संकेत गर्दछ। यो प्रयोगले हामी माथी थप संवैधानिक संकट निम्त्याउनुका साथै प्रतिशोधपुर्ण राजनीतिको समेत बिजारोपण भएको अवस्था देखिन्छ।

Attariya Hospital

यहि अवस्थामा ठगी मुद्दामा पुर्पक्षमा रहेका नवोदित पार्टी रास्वपाका सभापती रवी लामीछाने थुनामुक्त भएर बाहिर निस्किनु, बालेन र कुलमान लगायतले रास्वपा सँग एकिकरण हुँदै पुराना दलहरु बिरुद्द चुनावी प्रतिस्प्रधामा उत्रिनु लगायतका घट्नाक्रमले अझै हामी माथी थप प्रतिशोधपुर्ण राजनैतिक प्रयोगहरुको श्रृङ्खलाको नयाँ अध्याय तयार पारिदै छ भन्ने तर्फ समेत थप संकेत गरेको छ।

हाम्रो मुलुकको वर्तमान आवश्यकता जनताको जिवनस्तरमा सुधार ल्याउँदै सक्षम र आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि नयाँ मार्ग चित्र कोर्दै आर्थिक समृद्दीको बाटोमा जानुपर्ने देश एक पटक पुनः फेरी विगतकै शैलीमा राजनैतिक प्रयोगमा जाँदैछ। हामीले राजनैतिक प्रयोगमा बिताएको समय आर्थिक विकासका लागि काम गर्न सकेको अवस्थामा सुदृढ आत्मनिर्भर अर्थतन्त्र सहितको समृद्द मुलुकको नागरिक बन्न सकिन्थ्यो । तर हामी सधै भरी दशकौ सम्म कुनै न कुनै रुपमा नयाँ ढङ्गबाट राजनैतिक रुपमा प्रयोग हुँदा हाम्रा आर्थिक विकास र समुन्नतीका एजेण्डा सधै पछाडी पर्नु र पारिनु देशका लागि मात्रै नभई समग्र नेपालका लागि नै दुर्भाग्य नै हो।

कृषि,पर्यटन, उद्योग र मानव संसाधनको उचित प्रयोगबाट देशको आर्थिक विकासको प्रबल सम्भावना हुँदा हुँदै पनि देशलाई आर्थिक विकासको यात्रामा डोर्याउन नसक्नु र आर्थिक विकासको शुरुवात नै हुन नसक्नुमा हाम्रो देशको राजनैतिक प्रयोगका नाममा हुने गरेका विभिन्न राजनैतिक आन्दोलनहरु हुन। देशलाई विभिन्न स्वार्थ समुहहरुले एक प्रयोगशाला जस्तै बनाएका छन्।

हामी दुइवटा शक्तिशाली मुलुक भारत र चीनको छिमेकी मुलुक भएको हुँदा भुराजनैतिक हिसाबले हामी सधै संवेदनशिल स्थानका रुपमा रहेको तथ्य सर्व स्विकार्य नै हो। तर शक्ति सन्तुलनका लागि बाह्य मुलुकहरुबाट हुने राष्ट्रहित बिरुद्दका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावलाई हामीले समयमै चिनेर त्यसलाई न्युन गर्न सक्नु आजको आवश्कता हो। हाम्रो मुलुक माथी कुटनैतिक रुपमा गरिने विभिन्न खालका अस्वभाविक दवाव र विकास सहयोगका नाममा भित्रिने प्रत्येक वैदेशिक स्वार्थ र प्रयोगहरुलाई समयमै चिन्दै इन्कार गर्ने र निस्तेज पार्ने क्षमता विकास गरिनु हाम्रो राष्ट्रिय आवश्यकता हो। जसलाई राजनैतिक नेतृत्वले प्राथमिकताका साथ विचार गर्नु पर्ने देखिन्छ।

कमजोर अर्थतन्त्र, तरल राजनैतिक अवस्था, अस्थिर कुटिनिति र असक्षम नेतृत्वका कारणले हामी पटक पटक प्रयोग भैरहेका छौ। जुन कुरालाई हाम्रा राजनैतिक नैतृत्वले समयमै बुझेर देशको अग्रगामी परिवर्तन र आर्थिक सुधार साथै मुलुकको संकटापन्न अवस्थामा रहेको सार्वभौमिकता लाई सदैभ उचो राख्दै देश र जनताको हितका लागि इमान्दारीता पुर्वक काम गर्नुपर्ने देखिन्छ।जहाँ हामीले नेपाल देश एक प्रयोगशाला नभई आफ्नै बीरतापुर्ण इतिहास सहितको स्वाभिमानी नागरिकको देश हो भन्ने सन्देश विश्वभरी दिन सक्नु पर्नेछ।

नाम – महेश सिंह धामी