
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै उपभोक्तालाई राहत दिएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १ रुपैयाँले घटेको छ। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले बिहीबार राति मूल्य समायोजन गर्ने निर्णय गरेको हो।




















