रास्वपा कैलाली–४ को निर्वाचन कमान्डरमा दीपक ओझा नियुक्त

Image
Nisarga Hospital

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–४ को निर्वाचन कमान्डरमा दीपक ओझालाई जिम्मेवारी दिएको छ।

CP Hospital Dhangadhi

आइतबार आयोजित पार्टीको क्षेत्रीय सचिवालय उद्घाटन समारोहका अवसरमा ओझालाई औपचारिक रूपमा निर्वाचन कमान्डर तोकिएको हो। गोदावरी नगर सभापतिको भूमिकामा सक्रिय ओझा संगठन विस्तार, जनसम्पर्क र निर्वाचन व्यवस्थापनमा अनुभवी मानिन्छन्।

nawajiwan
Attariya Hospital

रास्वपाले कैलाली–४ मा प्रतिनिधि सभाका लागि खेमराज कोइरालालाई उम्मेदवार बनाइसकेको छ। निर्वाचन कमान्डर नियुक्तिसँगै पार्टीले क्षेत्रस्तरमा अभियान तीव्र बनाउने, संगठनलाई चुस्त–दुरुस्त राख्ने र मतदाता केन्द्रित कार्यक्रम अघि बढाउने तयारी गरेको छ। नेतृत्वको स्पष्ट जिम्मेवारी बाँडफाँडले चुनावी प्रतिस्पर्धामा पार्टीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।