रास्वपा कैलाली–४ मा क्षेत्रीय निर्वाचन सचिवालय स्थापना, चुनावी अभियान तीव्र

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली क्षेत्र नम्बर ४ मा क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरेको छ। आइतबार आयोजित कार्यक्रममा पार्टीका सह–प्रवक्ता रमेश प्रसाईंले सचिवालयको उद्घाटन गरेका हुन्। सचिवालय स्थापनासँगै रास्वपाले क्षेत्रस्तरमा संगठन सुदृढ गर्दै चुनावी गतिविधि थप सक्रिय बनाउने जनाएको छ।

CP Hospital Dhangadhi

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सह–प्रवक्ता प्रसाईंले रास्वपाको “जान्नेलाई छान्ने” नीतिअनुसार सक्षम र योग्य उम्मेदवारलाई चुनावी मैदानमा उतारिएको बताए। उनले शिक्षा, समाजसेवा र बौद्धिक क्षमताका लागि परिचित खेमराज कोइरालालाई कैलाली–४ बाट उम्मेदवार बनाइनु नै पार्टीको जितको मुख्य आधार भएको दाबी गरे।

nawajiwan
Attariya Hospital

उनले उम्मेदवारको एजेन्डा र पार्टीका नीति–कार्यक्रमबारे जनतासम्म स्पष्ट रूपमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गरे। सचिवालय स्थापनाले मतदाता समन्वय, प्रचार–प्रसार र संगठन विस्तारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।