कैलाली भिजन स्कुलको खेलकुद सप्ताह सुरु, वडा अध्यक्ष कुँवरले गरे उद्घाटन

Image
Nisarga Hospital

हेमन्त बाजेः कैलाली स्थित गौरीगंगा नगरपालिका-६,कठौतियामा रहेको कैलाली भिजन बोडिङ स्कुलमा खेलकुद सप्ताह -२०८२ सुरु भएको छ।

CP Hospital Dhangadhi

बिधालय परिसरमा सुरु भएको खेलकुद सप्ताहको अध्यक्षता बिधालयका प्र.अ.ध्वज बहादुर बोगटीले गर्नु भएको कार्यक्रमको उद्घाटन गौरीगंगा नगरपालिका-६,अध्यक्ष टेक बहादुर कुँवरले गर्नु भएको थियो भने बिशिस्ट अतिथी वडा सदस्य टेक बहादुर बोगटी र बिधालयका संस्थापक/ शिक्षक पुर्ण बहादुर बम रहनु भएको थियो। अन्य अतिथिहरुमा कुलबिर चौधरी,कृष्ण बोगटी,आयुष बम लगायत शिक्षक-शिक्षिका र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।


बिधालय द्वारा आयोजित खेलकुद सप्ताहले बिद्यार्थी भाईबैनिहरुको अतिरिक्त क्रियाकलापको उजागर गर्ने र बिद्यार्थीको शारीरिक,मानसिक र सामाजिक बिकास सँगै अनुशासित र सक्षम नागरिक निर्माण गर्ने उद्देश्य रहेको बिधालयका प्र.अ.ध्वज बहादुर बोगटीले बताए।

nawajiwan
Attariya Hospital

सप्ताहब्यापी खेलकुद कार्यक्रममा भलिबल,क्रिकेट,फुटबल,हाजिरीजवाफ,दौड,बक्तृत्वकला लगायतका प्रतियोगिताहरु हुनेछन।
बिभिन प्रतियोगिताका बिजेता विद्यार्थीहरु लाई माघ १६ गते समापन हुने कार्यक्रममा पुरस्कार बितरण गरिने संस्थापक/शिक्षक पुर्ण बहादुर बम ले जानकारी दिनु भयो।

स्वागत मन्तव्य शिक्षिका दीब्या अवस्थिले राख्नु भएको कार्यक्रमको संचालन शिक्षिका सीता कुँवर बोगटीले गर्नु भएको थियो।