धनगढी मुख्य बजारमा निःशुल्क पार्किङ सुविधा, सवारी व्यवस्थापनमा सहजता

Image
Nisarga Hospital

कैलालीको धनगढी बजारको मुख्य क्षेत्रमा निःशुल्क पार्किङ स्थल निर्माण गरिएको छ। धनगढी उप–महानगरपालिका नजिकै रहेको स्वास्थ्य तथा महिला शाखा कार्यालय अगाडि उक्त पार्किङ स्थल निर्माण गरिएको हो। बढ्दो सवारी चापका कारण बजार क्षेत्रमा देखिँदै आएको पार्किङ समस्यालाई मध्यनजर गर्दै यो सुविधा सुरु गरिएको जनाइएको छ।

CP Hospital Dhangadhi

उप–महानगरपालिका प्रमुख गोपाल हमालका अनुसार राष्ट्र बैङ्क चोकदेखि एलएन चोकसम्मको सडक खण्डमा मोटरसाइकल, स्कुटर, कार तथा जिप पार्किङ गर्न सकिने गरी निःशुल्क पार्किङको व्यवस्था गरिएको हो। यसले बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण हुने जाम र असहजतालाई कम गर्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

व्यवस्थित पार्किङ सुविधा उपलब्ध भएपछि व्यापारी, सेवाग्राही तथा सर्वसाधारणलाई दैनिक आवतजावतमा सहजता हुने विश्वास लिइएको छ। उप–महानगरपालिकाले आगामी दिनमा थप स्थानमा पनि पार्किङ सुविधा विस्तार गर्ने तयारी गरेको जनाएको छ।

nawajiwan