कैलाली- ४ मा कांग्रेसको युवा रणनीतिः युवा परिचालनको कमाण्डमा कमल कडायत चयन

Image
Nisarga Hospital

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रणनीतिक योजना अघि बढाएको छ। चुनावी तयारी अन्तर्गत नेपाल तरूण दलको युवा परिचालन कमान्ड कमल कडायतलाई जिम्मेवारी दिइएको छ। सोमबार वसन्त रोकाया (ललित) संयोजकत्वमा गठित क्षेत्रीय मूल समितिले विभिन्न उपसमितिहरूको गठन गरेको छ।

CP Hospital Dhangadhi

तेसै गरी कैलाली क्षेत्र न. ४ मा नेपाल तरुण दलका सदस्यहरुलाई परिचालन तथा ब्यावस्थापनका लागि शिबराज भट्टराईलाई जिम्मेबारी दिएको छ ।

Attariya Hospital

सबै समितिको संयोजक रहेका रोकायाका अनुसार, यी उपसमितिहरूले तरुण दलका सक्रिय सदस्यहरू परिचालन गर्नेछन्। साथै नेविसंघ, महिला संघ, दलित संघ लगायतका समूहलाई पनि चुनाव लक्षित गतिविधिमा समावेश गरिनेछ।

nawajiwan

कैलाली–४ अन्तर्गत आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएको छ। यसका लागि नेपाली कांग्रेसले गोरख बहादुर विष्ट (आनन्द)लाई उम्मेदवारका रूपमा चयन गरेको छ। क्षेत्रीय स्तरमा युवा र सामाजिक संगठनसँग समन्वय गरी सक्रिय अभियान सञ्चालन गरिने बताइएको छ।