कैलाली क्षेत्र न. ४ मा कांग्रेसले नेविसंघ परिचालनको जिम्मा दिनेश पाठकलाई

Image
Nisarga Hospital

नेपाली कांग्रेसले कैलाली–४ मा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मेवारी विद्यार्थी नेता दिनेश पाठकलाई दिएको छ। कांग्रेस क्षेत्रीय समितिले चुनावी रणनीतिअनुसार पाठकलाई संयोजकत्वमा उपसमिति गठन गरेर विद्यार्थी परिचालनको योजना अघि बढाएको हो।

CP Hospital Dhangadhi

क्षेत्रीय सभापति बसन्त रोकायाको संयोजकत्वमा यसअघि मुल निर्वाचन समिति गठन भइसकेको थियो। संयोजक रोकायाले सोमबार आयोजित बैठकमा नेविसंघ, तरुण दल, महिला संघ र दलित संघ लगायतका उपसमितिहरू निर्माण गरिएको जानकारी दिएका छन्।

Attariya Hospital

कैलाली–४ मा नेपाली कांग्रेसले प्रतिनिधि सभा उम्मेदवारका रूपमा गोरखबहादुर विष्ट (आनन्द) लाई तोकेको छ। क्षेत्रीय स्तरमा विद्यार्थी र युवा परिचालनमार्फत चुनावी अभियान सशक्त बनाउने रणनीति अघि बढाइएको बताइएको छ।

nawajiwan