कैलाली–४ मा राप्रपाको चुनावी कमाण्ड खिमादेवी बिष्टलाई

Image
Nisarga Hospital

कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बनाएको छ। सोही क्रममा पार्टीले प्रदेश सांसद खिमादेवी बिष्टलाई कैलाली–४ को चुनावी कमाण्डरको जिम्मेवारी सुम्पिएको छ।

CP Hospital Dhangadhi

पार्टी स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै संगठन परिचालन, प्रचार–प्रसार व्यवस्थापन र समग्र चुनावी रणनीतिका लागि बिष्टलाई नेतृत्वदायी भूमिका दिइएको हो। प्रदेश तहमा सक्रिय राजनीतिक अनुभव र संगठनात्मक क्षमता भएकी बिष्टको नेतृत्वमा राप्रपाले अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

चुनावी कमाण्डरको जिम्मेवारी पाएसँगै बिष्टले कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र मतदाता केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्ने तयारी थालेकी छन्। कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाको तर्फबाट कमल बम रजबार उम्मेदवार रहेका छन्। पार्टीले अनुशासित संगठन र स्पष्ट एजेन्डाका साथ चुनावी मैदानमा उत्रिने रणनीति अघि सारेको छ।