
अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका सबै कार्यक्रमहरू सम्पन्न गरी पहाडी जिल्लातर्फ प्रस्थान गरेका छन्।

आज कञ्चनपुरमै बस्ने भनिए पनि कार्यसूचीमा परिवर्तन गर्दै उनी पहाडतिर हुइँकिएका हुन्। बुधबार बैतडीको पाटन, जिल्ला सदरमुकाम साहीलेक बझाङ जाने समय तालिका सार्वजनिक भएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह ज्यु को सु प का पहाडको कार्यक्रम तालिका:
मिति: २०८२ माघ १४(भोलि)
९:३० बजे राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यालय, तुफानडाँडा,डडेलधुरा
१२ बजे राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क कार्यालय, पाटन, बैतडी
४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क कार्यालय, गोकुलेश्वर, दार्चुला
८ बजे राती बुङ्गल, बझाङ

नोट: कार्यक्रम ३०-४५ मिनेट अगाडि पछाडी हुन सक्छ।

मंगलबार बिहान अत्तरिया पुगेका बालेन अत्तरिया चोकमा समर्थकलाई गाडीभित्रबाटै अभिवादन गर्दै करिब १० मिनेटमै धनगढी हुँदै कञ्चनपुरतर्फ लागेका थिए।
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा छोटो भेटघाट गर्दै अघि बढेका बालेनले कार्यक्रम सकेपछि पहाडी जिल्लातर्फ यात्रा थालेको रास्वपा स्रोतले जनाएको छ।
छोटो बसाइ र तीव्र यात्राबीच बालेन शाहको अभियान अब सुदूरपश्चिमका पहाडी जिल्लातर्फ केन्द्रित हुने भएको छ।
































