
इलामको माईजोगमाई गाउँपालिका, नयाँबजार आसपास शनिबार साँझ ६:५० बजे ५ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार झट्का हल्का भए पनि स्थानीयवासीमा आशंका फैलिएको छ। यसअघि गत पुस १९ गते उदयपुरको बागापती आसपास चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना र ठूला भूकम्प नियमित अनुभव हुने गर्छन्।




यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।

































