
हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छन्। विशेषगरी बुधबार ‘बुध’ ग्रहलाई समर्पित दिनका रूपमा लिइन्छ।

यस दिन विठ्ठल देव अर्थात् भगवान कृष्णको पूजा–अर्चना गर्ने परम्परा छ। तुलसीदल अर्पण गरी श्रद्धापूर्वक व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। नयाँ कार्य प्रारम्भ गर्न पनि बुधबारलाई अत्यन्त शुभ मानिन्छ।
धार्मिक मान्यताअनुसार बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास छ। मुंगको दाल दान गर्दा कष्ट निवारण हुने तथा गणेश भगवानलाई सिन्दूर चढाउँदा इच्छित फल प्राप्त हुने उल्लेख विभिन्न ग्रन्थमा पाइन्छ।
जसको कुण्डलीमा बुध ग्रहको दोष छ, उनले गणेशलाई लड्डु चढाउँदा शुभ फल मिल्ने जनविश्वास रहेको छ।





























